+
+

असन्तुष्ट नागरिकको शक्तिलाई दुरुपयोग गर्न लागियो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:२७

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकहरुको शक्तिलाई दुरुपयोग गर्न लागिएको बताएका छन् । दुर्गा प्रसाईको बिहीबारको कार्यक्रमप्रति संकेत गर्दै थापाले असन्तुष्ट नागरिकलाई संगठित गरेर दुरुपयोग गर्न लागिएको बताए ।

नवलपुर–२ को क्षेत्रीय सम्मेलनमा बुधबार बोल्ने क्रममा थापाले पञ्चायतका कालको तुलनामा बहुदलीय व्यवस्थामा उल्लेखनीय प्रगति गरेको दाबी गरे । राजालाई भगवानको अवतार मानेर चलेको ३० वर्षे शासन व्यवस्थाको अन्त्यमा नेपालीको प्रतिव्यक्ति आय १८५ डलर रहेको उनले बताए । ‘३० नेपालीको प्रतिव्यक्ति आए १८५ डलर थियो । अहिले बढेर १४ सय डलर पुगेको छ,’ महामन्त्री थापाले भने । पञ्चायत सकिने बेलामा सरकारी कर्मचारीलाई तलब खुवाउन नसक्ने अर्थतन्त्र रहेको बताए ।

राजाको माग गर्नेहरुलाई उनले २०५९ साल असोज १८ र २०६१ को माघ १९ सम्झन आग्रह गरे । २०५९ असोज १८ को विगत स्मरण गराउँदै उनले भने, ‘राजाले सत्ता हातमा लिनुभयो । प्रधानमन्त्रीबाट शेरबहादुर देउवालाई हटाउनुभयो । लोकेन्द्र बहादुर चन्दलाई बनाउनुभयो ।’

असोज १८ मा राजाको पक्षमा दीपावली गर्नेहरु २०६२÷०६३ मा गणतन्त्रको नारा लगाउन उभिइसकेको बताए । राजाले सत्ताको बागडोर सम्हालको छोटो समयमा नै जनता उनकै विरुद्धमा उभिन पुगेको विगत हेर्न उनले सुझाव दिए । ‘मानिसहरु रिसाएका छन् । असन्तुष्ट छन् । त्यसका जायज कारणहरु छन् । त्यसको चिन्ता र चिन्तन गर्नुपर्ने छ, थापाले भने । असन्तुष्ट नागरिकलाई दुरुपयोग गरेर व्यवस्था विरोधी कार्य गर्नेसँग सचेत हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?