+
+

कटक मल्लको पुस्तक ‘न्याय-अन्याय’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १९:५४

६ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा वातावरव कानूनका विज्ञ डा. कटक मल्लको पुस्तक ‘न्याय–अन्याय कानूनः भू-राजनीति र कूटनीति’ सार्वजनिक भएको छ ।

मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन् । मल्लको किताबमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू-राजनीति, कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन् ।

राजधानी काठमाडौंमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानूनी दर्शनको दस्तावेज भएको बताए ।

‘नेपालमा कानून सम्बन्धी पहिलो किताब २०१ वर्ष अगाडि लेखिएको थियो। त्यसयता धेरै किताब लेखिए तर, कानूनी दर्शनका आधारमा लेखिएका थिएनन् । यो किताब कानूनी दर्शनको किताब हो’, उनले भने ।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्व न्यायाधीश डा. प्रभा बस्नेतले मल्लको किताबमा न्यायीक विषयहरुलाई आलोचनात्मक र रचनात्मक शैलिमा प्रस्तुत गरिएको बताइन् ।

‘किताबमा न्यायलाई आलोचनात्मक, रचनात्मक मात्र नभई मौलिक शैलिले प्रस्तु गरिएको छ,’ बस्नेतले भनिन् । त्यसैगरी विश्लेशक डा. चन्द्रदेव भट्टले मल्लको किताब कानून, समाज, लोकतन्त्र र भू-राजनीतिक दार्शनिक दस्तावेज भएको टिप्पणी गरे ।

सार्वजनिक बौद्धिकका रुपमा स्थापित मल्लको यस अगाडि नेपाली भाषामा ‘मानवअधिकार’ किताब प्रकाशित छ । ‘न्याय-अन्याय कानूनः भू राजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?