+
+

बैंकको ऋण लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते २०:०९
फाइल तस्वीर

६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् ।

शंखधर दिवसको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् ।

ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको उनको भनाइ थियो । उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए ।

उनले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरुको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए ।

पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए ।

कोभिड–१९ महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको उनको भनाइ थियो । उनले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए ।

सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने उनको विश्वास थियो ।

बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, सेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको उनले बताए ।

अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुने उनले बताए । उनले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

लामो संघर्ष, मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने भन्दै उनले अहिलको व्यवस्थाले धेरै परिर्वतन आएको अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्री महतले लोकतान्त्रिक पद्धतिमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको भन्दै अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?