+
+

रणवीर कपुरको ‘एनिमल’ ट्रेलर : बाबुछोराको कथामा भरपुर एक्सन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १४:३१

काठमाडौं । रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर र बबी देओल स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । एक्सन र संवेदनाका दृश्यले भरिपूर्ण ट्रेलरमा फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गरिएको छ ।

जसअनुसार यो फिल्म बाबुछोराको दुश्मनी र त्यसले ल्याउने सामाजिक असरको कथा वरपर घुम्छ । बाबुले छोरालाई बाल्यकालदेखि नै समय दिन नसक्दा छोरामा विकास हुने आपराधिक र हिंसात्मक संस्कार अनि परिवारमा विग्रह आउँदा तेस्रो शक्तिले गर्ने चलखेलको कथावस्तुमा फिल्म केन्द्रित छ ।

‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले यो फिल्ममा पनि हिंसा र प्रेमको मनोविज्ञानलाई चित्रण प्रयत्न गरेका छन् । रणवीरको चरित्रमा बहुआयामिकता देख्न सकिन्छ । अनिल कपुरलाई उनका पिता र रश्मिकालाई पत्नीको रुपमा दर्शाइएको छ । बबी देओल खलपात्रको भूमिकामा छन् ।

रणवीर धेरैपछि सशक्त अभिनयमार्फत कमब्याक गर्न लागिरहेको देखिन्छ । ट्रेलर डार्क भए पनि यसमा व्यावसायिक तत्व पनि प्रशस्त मिश्रण गरिएको छ । बबी देओलको इन्ट्री दमदार लाग्छ । उनी ग्याङस्टर चरित्रमा देखिन्छन् । यो फिल्म मंसिर १५ गतेदेखि भारतसहित विश्वभर प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?