+
+

चितवनमा वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १८:५०

७ मंसिर, काठमाडौं । सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ ।

अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङमाथि एक करोड १९ लाख रुपैयाँ विगो मागदावी छ । कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जिसीमाथि ८९ लाख रुपैयाँ बिगो मागदाबी छ । त्यही समूहका अर्को कालकालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलामाथि १३ लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

त्यस्तै बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ विगो मागदाबी छ ।

कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार रुपैयाँ विगो मागदावी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?