+
+

दाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते २०:३०

९ मंसिर, दाङ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विक रहेका छन् । तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जादै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो ।

सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

दुर्घटनमा ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएका छन् । प्रहरीले ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?