+
+

रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते ११:०९

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।

महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?