+
+

‘एनिमल’को अग्रिम टिकट बिक्री आक्रामक, ट्रेलर भ्युजमा जवान, पठान र टाइगर ३ भन्दा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १२:५७

काठमाडौं । रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म फिल्मले एड्भान्स टिकट बिक्रीबाटै ३.४ करोड भारु आम्दानी गरेको छ ।

बुकिङ खुलेको २४ घण्टामै हिन्दी, तमिल र तेलुगू संस्करणमा २४ घण्टाको कमाइ उक्त रकम कमाइ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । पीभीआर र आइनक्समा यो ग्याङस्टर ड्रामाका ३६ हजार टिकट बिक्री भएको र थप ५० हजार टिकट बिक्री हुने क्रममा रहेको उल्लेख छ ।

रणवीरको अघिल्लो फिल्म ‘ब्रह्मास्त्र’भन्दा ‘एनिमल’को टिकट बिक्री ६० प्रतिशत उच्च देखिएको पिंकभिल्लाले जनाएको छ । बुकिङ खुलेको २४ घण्टामै ‘ब्रह्मास्त्र’को टिकट ३० हजार बिक्री भएको थियो ।

यदि यो ट्रेण्ड निरन्तर रहे बिहीबार रातिसम्म भारतका तीन ठूला मल्टिप्लेक्स चेनमा मात्रै चार लाख टिकट बिक्री हुने जनाइएको छ । डिसेम्बर १ मा विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मले ट्रेलर हिटमा समेत पठान, जवान र टाइगर ३ लाई उछिनेको छ । तर केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

कोइमोईका अनुसार २४ घण्टामा धेरै हेरिएको १० ट्रेलरको सूचीमा ‘केजीएफ : च्याप्टर २’ पहिलो स्थानमा छ जसलाई युट्युबमा १०६.५ मिलियन पटक हेरिएको थियो । दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको ‘एनिमल’को ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा ‘राधेश्या’म ५७.५ मिलियनसहित छ । पाँचौं नम्बरमा रहेको ‘जवान’ले ५५ मिलियन भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?