+
+
Shares

वेयरहाउजिङको आईपीओमा पहिलो दिन नै मागभन्दा ३ गुणा धेरै आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १८:००

१० मंसिर, काठमाडौं । आइतबारदेखि आईपीओ निस्कासन गरेको वेयरहाउजिङ कम्पनीमा मागभन्दा धेरै आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि आवेदन माग गरेकोमा आइतबार साँझ ५ बजेसम्म ३४ लाख ८५ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । परेको आवेदन माग गरिएको सेयर संख्याभन्दा ३ गुणाभन्दा बढी हो ।

कम्पनीमा पहिलो दिन ३ लाख १७ हजार ३८६ आवेदकले ३४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ मंसिरसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै अर्को कम्पनी मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन परेको छ ।

शुक्रबारदेखि ११ लाख ४८ हजार कित्ताका लागि आवेदन माग गरिएकोमा आइतबार दोस्रो दिनसम्म ८२ लाख ५० हजार ५८० कित्ताका लागि माग परेको हो ।

यस कम्पनीको आईपीओमा १२ मंसिरसम्म आवेदन दिने अवधि तोकिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?