+
+

जाजरकोट घर भएका कर्मचारीले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १२:४९

११ मंसिर, काठमाडौं । जाजरकोट घर भएका कर्मचारीहरूले जिल्लाका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् ।

काठमाडौं उपत्यकाका साथै अन्य जिल्लामा कार्यरत कर्मचारी र जाजरकोट जिल्लामा सेवा गरेका कर्मचारीहरूले २ लाख ८९ हजार ८४८ रुपैयाँ सहयोग गरेका हुन् ।

संकलित रकम भूकम्प प्रभावित राहत कोष जाजरकोटको खातामा जम्मा गरिएको श्रम अदालत, काठमाडौंमा कार्यरत कर्मचारी नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

गत कात्तिक १७ गते राति बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ ।

भूकम्प प्रभावितहरू त्रिपालमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?