+
+

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १५:२२

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो । कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ । कुनै पनि समूहको गिरावट दर १ प्रतिशत पुग्न सकेन ।

अंकका आधारमा बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, उत्पादन ४०, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४ र अन्य उपसमूह १ अंक घटे ।

होटल तथा पर्यटन १२ र व्यापार उपसमूह भने १० अंक बढे ।

मूल्यमा धेरै उतारचढाव भएका कम्पनी

यस दिन अपर स्याङ्‍गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । अभियान लघुवित्तको ७.७, माथिल्लो मैलुङखोला जलविद्युतको ७.४, शुभम् पावर ६.१ र विशाल बजार कम्पनीको मूल्य ६.१, माईखोला हाइड्रोपावरको ५.६, रावा इनर्जीको ५.५ प्रतिशतले मूल्य बढ्यो ।

त्यस्तै स्वाभिममान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ५.१, थ्रीस्टार हाइड्रोपावरको ३.८ तथा हिमालयन लघुवित्तको मूल्य ३.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा भने सोनापुर सिमेन्ट, रिलायबल लाइफ इन्स्योरेन्स, प्रभु बैंक संस्थापक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?