
११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग कारण मागेको छ ।
प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने अनुमतिपत्रका कारण आफूहरुसहित लगानीकर्तालाई नोक्सान भएको दावी गर्दै यामप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
न्यायाधीश डा. कुमार चुडालको इजलासले सरोकारवाला निकायहरुलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई १९ मंसिरमा छलफलका लागि झिकाएको हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियममा जारी गर्न खोजेको आईपीओ रोक्नुपर्ने भनी रिट निवेदनमा दावी छ ।
प्रचलित कानुनविपरीत हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न दिएको र त्यसमा नियामक निकायको समेत मिलेमतो रहेको रिट निवेदनमा दावी छ ।
हिमालयन रिइन्स्योरेन्सले आधारभूत रकम १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँको दरले आईपीओ आह्वान गरेको छ । यो आईपीओ हाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भर्न पाउनेछन् ।
प्रतिक्रिया 4