+
+

पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १३:१०

१२ मंसिर, काठमाडौं । होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले यो राहतले भूकम्प पीडितको जीवनयापनमा सहयोग पुग्ने बताए । उनले पर्यटन क्षेत्रका छाता संगठनको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै उनले सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताए ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रूपैयाँ बराबरको एक्रिलिक पञ्चु-५०० थान र लाइभ सेभर वाटर फिल्टर-१५ वटा साथै स्कल नेपालको तर्फबाट ५ लाख बराबरको ब्ल्यांकेट-२४० थान, स्लिपिङ व्याग-१०० थान, ह्विल चियर-५ थान, स्ट्रेचर-५ थान, प्रोटेक्टिभ सुट-२० थान सामग्री रहेको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल, होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा लगायतले नगद र जिन्सी गरी करिब ३० लाख बराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?