+
+

भरतपुर महानगरले विद्यालयहरुलाई भन्यो : किनेर उपहार नदिनू

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १५:२७

१२ मंसिर, चितवन । भरतपुर महानगरपालिकाले बार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई आग्रह गरेको छ ।

महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा किनेर उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिन निर्देशन दिने निर्णय गरेको थियो ।

महानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले उक्त निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ ।

महानगरपालिकाले विद्यालयमा उपलब्ध स्रोतलाई बालवालिकाको सिकाइ सामग्री व्यवस्थापन र पठनपाठनमा अधिकतम सदुपयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।

भरतपुर महानगरपालिकाभित्र १११ सामुदायिक विद्यालय छन् ।

हेर्नुहोस् पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?