+
+

देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:१६

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

बुधबार (भोलि) दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएकोे छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

४८ बाट बढाएर ७० विभाग पु¥याइएको छ । सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि हालसम्म १७ विभागका प्रमुख तोकिएको छ । प्रचार विभागमा सदस्यहरु थपिएपनि पूर्णता पाउन सकेको छैन । अन्य १६ विभागमा प्रमुख मात्रै छन् । हरेक विभागमा बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?