+
+

एआईबाट नक्कली भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै अदितीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ११:४३

काठमाडौं । पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीरले सेलिब्रिटीदेखि सर्वसाधारणलाई हैरानी दिने क्रम बढेको छ । नेपालमा समेत एआईका तस्वीर सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको देखिन्छ । कलाकारले समेत यस्ता फोटो सेयर गर्दा ध्यान दिएको देखिंदैन ।

पछिल्लो महिना नाम चलेका बलिउड अभिनेत्रीहरु काजोल, आलिया भट्ट र रश्मिका मन्दाना एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बने । यो सूचीमा थपिएकी छिन् अभिनेत्री तथा मोडल अदिती बुढाथोकी ।

बुधबार इन्स्टाग्रामबाट वक्तव्य जारी गर्दै अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो बनाइएको र यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन् । खासगरी सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्वीर र भिडियो सेयर गरेर दुःख दिने काम भएको उनको भनाइ छ ।

उनी लेख्छिन्, ‘अरु मान्छेलाई खसाल्न केही मान्छेहरुले प्रयास गरेको देख्दा निकै स्तब्ध र दुःखलाग्दो देखिन्छ । लामो समयदेखि अहिलेसम्म म यस्तो हर्कत र परिस्थितिलाई सामना गरिरहेकी छु । मैले सकेसम्म यस्तो प्रयासलाई रोक्ने पनि प्रयास गरेकी छु । नक्कली स्न्यापच्याट आईडीबाट यस्तो काम भइरहेको छ । साथै एआई र अरु गलत भिडियोको मद्दतबाट मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ ।’

उनले आफ्ना प्रमाणीकरण भएका सामाजिक सञ्जालका पेजलाई मात्र विश्वास गर्न आग्रह गरेकी छन् । उनले आफूलाई यो कार्यका लागि मद्दत गर्न फ्यानलाई आग्रह गरेकी छन् । नेपाली फिल्मको कुरा गर्दा अदितीले ‘कृ’मा डेब्यु गरेकी थिइन् । ‘बाबरी’ उनको पछिल्लो फिल्म हो । ‘बाबरी’को सिक्वेल घोषणा भएको छ ।

अदिती पछिल्लो समय मुम्बईमा रहेर म्युजिक भिडियो र विज्ञापनमा काम गर्दै आइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?