+
+

रास्वपामा विधान संशोधन गर्न महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १३:३१

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

विधान संशोधनका लागि महामन्त्री ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ । केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे समितिको सदस्य छन् ।

‘पार्टी बैठकले गरेको निर्णय अनुसार विधान संशोधन गर्नुपर्ने भएको छ’, महामन्त्री ढकालले भने, ‘विधानमा संशोधन गर्नुपर्ने विषयहरु एक महिनाभित्र पार्टीमा सिफारिस गर्छौं ।’

केन्द्रीय समिति र संसदीय दलको बैठकले सांसद स्वतः केन्द्रीय सदस्य हुने निर्णय गरेको छ । पार्टी विधानमा भने स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छैन । पार्टीले गरेका सबै निर्णय विधान बमोजिम हुने गरी विधान संशोधन गरिने महामन्त्री ढकालले जानकारी दिए ।

रास्वपाको जलेश्वर बैठकले पदाधिकारी थप गर्नुका साथै सचिवालय पनि गठन गरेको थियो । हालको विधानमा सचिवालय गठनको व्यवस्था नभएपनि महाधिवशेनको प्रक्रिया सुरु गर्न गठन गरिएको रास्वपाले जनाएको छ ।

विधानमा केही शब्दमा समेत संशोधन आवश्यक रहेको महामन्त्री ढकालले जानकारी दिए । पार्टी गठनको सुरुको समयमा पार्टी बैठकको सट्टा भेला गरिएको थियो । । ‘भेला’को ठाउँमा ‘परिषद्’ शब्द राख्ने ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?