+
+

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १५:२५

१४ मंसिर, काठमाडौं । सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै क्षेत्रका सूचकहरु घटेका छन् । फाइनान्स र होटल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, उत्पादन तथा प्रशोधन ३८, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, अन्य ७ र ब्यापार उपसमूह ९ अंक घटे ।

रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो । छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स संस्थापक समूह, सोनापुर मिनरल्स, युनाइटेड इदी मर्दी, सोल्टी होटल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?