+
+

काठमाडौं महानगरले भाषा संस्कृतिको विज्ञको रोस्टर बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते २०:२३

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भाषा, कला, संस्कृति अध्ययन गर्नको लागि विज्ञहरुको रोस्टर बनाउने भएको छ ।

महानगरको सहरी योजना आयोगले आज एक सूचना निकाल्दै आयोगबाट सञ्चालन हुने अन्वेषण तथा अनुसन्धानको लागि विज्ञहरुलाई सूचीकृत हुन आह्वान गरेको हो ।

महानगरपालिकाले १५ दिनभित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण सहित आउन भनेको छ । महानगरपालिकाले यस अगाडि विभिन्न क्षेत्रका विज्ञहरुलाई सूचिकृत गरेर रोष्टर तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?