
१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शनिबार झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोलबाट अग्रता लिएको पोखरा जित नजिक देखिएको थियो । तर इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा गोल गर्दै झापाले हार टारेको छ ।
त्यसअघि ५७ औं मिनेटमा झापाका अञ्जन विष्ट घाइते भएका थिए । हेड गर्ने क्रममा पोखराका पदम भट्टराईसँग टाउको ठोक्किएपछि उनी मैदानमै ढलेका थिए । उनको अवस्था गम्भीर देखेर एम्बुलेन्स नै मैदानमा पुगेको थियो । तर अस्पताल लैजानु परेन ।
केहीबेरपछि मैदान छिरे । तर खेललाई निरन्तरता दिन सकेनन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4