+
+

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन जेठमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ११:२७

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आगामी जेठमा पहिलो महाधिवेशन गर्ने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले जेठ २६ देखि २८ सम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेश’ नारा तय गरिएको छ । महासंघको बैठकले महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

महासंघले वडा अधिवेशन पुस २१ गते, पालिका अधिवेशन माघ ६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन माघ २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फागुन ५ गते, जिल्ला अधिवेशन फागुन १९ गते र प्रदेश अधिवेशन २०८० चैत १७ र १८ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

ओमबहादुर घर्तिमगरको नेतृत्वमा रहेको महासंघको तदर्थ समितिमा सदस्यहरु थपिए पनि पूर्णता भने पाउन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?