+
+

फिल्म ‘पूजार सार्की’मा जोडिए आर्यन सिग्देल र प्रदीप खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १६:४३

काठमाडौं । दिनेश राउतको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘पूजार सार्की’को शीर्ष भूमिकामा आर्यन सिग्देल र प्रदीप खड्का अनुबन्धित भएका छन् । राउतले सामाजिक संजालबाट यी दुई अभिनेतालाई अनुबन्धित गरिएको जनाएका छन् ।

राउतले आर्यनसँग पछिल्लोपटक ‘क्लासिक’ र प्रदीपसँग ‘प्रकाश’मा काम गरेका थिए । ‘धेरै समयअघि देखि यी दुई कलाकारसँगै एकै चलचित्रमा काम गर्दै भन्ने विषयमा दुबै कलाकारलाई दुई मुख्य पात्रको भूमिकामा रहने जानकारी दिन चाहन्छु’ राउतले लेखेका छन् ।

जातिय विभेदविरुद्ध सन्देश दिने यो फिल्मको छायांकन पोखराको कास्कीकोटमा गर्ने तयारी छ । यो फिल्मको पटकथा ‘प्रकाश’ फेम्ड विकास सुवेदीले लेखेका छन् ।

लेखक सुवेदीले यो फिल्मको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताए । आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर फिल्म बनाउन लागेको उनको भनाई छ ।

‘आफ्नै अनुभव मिसाएर फिल्म बनाउँदा त्यो बलियो हुने मेरो विश्वास छ । यो फिल्म पनि त्यस्तै हो । समाज बदल्न हिँडेको एउटा कम्युनिष्ट मान्छेले जातिय समानताको लागि आफूलाई कसरी सार्कीमा बदल्छ भन्ने कथावस्तु यसमा हुनेछ’ सुवेदीले भने ।

अघिल्लो फिल्म ‘प्रकाश’मा यी दुईले कर्णालीको एक युवाले लोकसेवाको परीक्षामा पास भएर बाबुको सपना पुरा गर्ने कथा भनेका थिए । उक्त पात्रमार्फत उनीहरुले क्षेत्रीय विभेदको कथा पस्किएका थिए । यसपटक भने जातिय विभेदको कथा उठाउन लागेका छन् ।

किंगडम नेटवर्कको ब्यानरमा ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्दैछन् । निर्देशक राउतले यसअघि आइएम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रकाश र प्रसादलाई निर्देशन गरेका छन् । ‘सेल्फी किङ’मा उनी निर्माता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?