+
+
Shares

जाजरकोटमा मन्त्री शर्माले भनिन् : मंसिरभित्र अस्थायी टहरा बनाइसक्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १८:२९

१७ मंसिर, जाजरकोट । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो महिनाभित्र  सबै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्नुपर्ने बताएकी छन् ।

जाजरकोटको नलगाड नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै पुसदेखि चिसो बढ्ने भएकाले मङ्सिर महिनाभित्र नै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने बताएकी हुन् ।

अस्थायी टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएकाले अब टहरा निर्माणले गति लिने मन्त्री शर्माको भनाइ छ । जिल्लाका सुरक्षाकर्मी जनशक्ति कम भएमा थप जनशक्ति माग गर्ने अधिकार पनि जिल्ला सुरक्षा समितिलाई दिएको उनले बताइन् ।

टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले विभिन्न दलहरूले टहरा निर्माणमा स्वयंसेवक परिचालन गर्नु राम्रो भए पनि निर्माणका काममा दक्ष जनशक्ति पनि आवश्यक पर्ने बताइन् ।

आहिलेको प्रमुख दायित्व नागरिकलाई छानामुनि ल्याउनु रहेको उल्लेख गर्दै उनले उद्दार र उपचारमा जस्तै पुनर्निर्माण र पुनःस्थापनामा पनि नेतृत्व लिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?