+
+

धनुषामा एक महिलाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते ९:०५

१८ मंसिर, जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित औरही खोलाको पश्चिम किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

आइतबार अपराह्न ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा पुगिसकेकाले २÷३ दिनअघि मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकुमार साहले जानकारी दिए ।

मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?