+
+

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा धेरै आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १४:३५

१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन परेको हो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २०६ जनाले कम्पनीको आईपीओमा आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ खुलाएको हो । वैदेशिक रोजगारमा रहेकालाई यो आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आवेदन खुला हुनेछ ।

कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?