+
+

एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, अध्ययन गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १९:१२

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सोमबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका हुन् ।

‘सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवम् यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेको छु,’ उनले भने ।

यो विषय नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग जोडिएकोले अध्ययन नगरी अघि नबढ्ने उनले बताए । ‘यसको अध्ययनका लागि टिम बन्छ अनि मात्र अघि बढ्छ । मैले मुख्य सचिवलाई मैले यससम्बन्धी निर्देशन दिएको छु,’ उनले भने ।

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने जानकारी गत शुक्रबार दिएको थियो ।

आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

तर, २०२९ सम्म एनसेलले पाउने लाभांशको हिस्सा भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजियाटाले जनाएको छ ।

आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग एनसेलको ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ खरिद गरेको थियो । सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।
तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा शेयर विक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेपछि नीति निर्माताहरुले यसलाई शंकास्पद मानिरहेका छन् । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानुनअनुसार त्यसपछि एनसेलको सम्पत्ति सरकारको नाममा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?