+
+

नेपाल वेयरहाउजिङको आईपीओ बाँडफाँट, १० लाख ७७ हजारको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते ११:०७

नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक कम्पनी हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । बाँडफाँटका क्रममा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यसको नतिजा सीडीएससीको वेबसाइट आईपीओ रिजल्टमा हेर्न सकिनेछ ।

१२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएकोमा ११ लाख ९१ हजार ९८८ को आवेदन मात्रै प्रक्रिया पूरा भएको थियो । आवेदन प्रक्रिया पूरा भएर पनि १० लाख ७७ हजार ८६३ जनाको हात रित्तो भएको छ । कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत रकमको सर्वसाधारण समूहको सेयर निष्कासन गरेको थियो ।

अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ ।

असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहने प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?