+
+

आफ्नो अल्छीकै कारण करोडपति बनिन् यी युवती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १३:३४

के दुनियामा कुनै मानिस अल्छी गरेकै कारण करोडपति बनेको सुन्नुभएको छ ? करोडपति बन्नका लागि त जाँगर चलाएर काम पो गर्नुपर्ला । तर, यहाँ कोही यस्ता भाग्यमानीहरु प्नि छन् जसले कुनै सीप नै नसिकी आफ्नो आलस्यताकै सहारामा मनग्गे पैसा कमाएर करोडपति बनेकी छिन् ।

ती महिलाको नाम पाविनी लर्टजितब्यानजोंग हो । उनको उमेर ४२ वर्षको भयो । आफूले लामो समयसम्म मेहेनत गर्ने ध्याउन्नमा आफ्नो जीवन नै बर्बाद गरेको उनी बताउँछिन् । यद्यपि वैवाहिक सम्बन्ध टुटेपछि भने उनको भाग्य बदलियो ।

डिभोर्सपछि उनको ऋण करीब १ लाख डलर पुगेको थियो । जसका कारण उनले आफ्नो जीवनमा धेरै परिवर्तन गर्नुपर्यो । आफु अल्छी भएर करोडौँ पैसा कमाएपछि उनी अहिले अरु मानिसहरुलाई कसरी अल्छी भएर धनी बन्ने भन्ने कला सिकाउँछिन् ।

डेलीमेलमा प्रकाशित रिपोर्ट उनी अमेरिकाको न्युजर्सीमा बस्छिन् । उनको कमाई वर्षको ३ लाख ८० हजार डलर भनदा धेरै छ । र, यसरी वर्षको ५ करोड रुपैयाँ भन्दा धेरै रकम कमाउनका लागि उनले आफुलाई धेरै कष्ट दिनुुपनि पर्दैन । उनी घरमै बसेर एउटै काम गर्छिन् र कहिल्यै ओभरटाइम पनि गर्दिनन् ।

पाविनी भन्छिन्, ‘म आफूलाई अल्छी करोडपति भन्दछु किनकि मैले आफ्नो पैसा कुनै नयाँ सीप नसिकीकनै कमाएकी हुँ । मैले घर बसेरै काम गर्दुछु, जिमखानामा पैसा खर्च गर्दिन । मलाई खाना पकाउन मन पर्दैन न त सरसफाई गर्न । मैले नेटवर्किंग इभेन्टमा गएर समय बर्बाद गर्दिन । मैले अल्छी जिवनशैली बिताउँछु र यसले मलाई अझै उत्कृष्ट बनाएको छ ।

उनका बुवाआमा थाइल्याण्डबाट शरणार्थीको रुपमा अमेरिका पुगेका थिए । त्यसबेला उनले आफ्नो जीवनमा अरु मानिसले भन्दा १० गुणा धेरै मेहेनत गर्नुपर्ने ठानेकी थिइन् । त्यसैले सुरुसुरुमा उनले निकै मेहेनत गर्नुपर्ने काम पनि स्वीकार गर्थिन् ।

मान्छेहरुलाई खुसी बनाउन तर्फ लाग्थिन् ताकि कुनै राम्रो मौका हातबाट नफुत्कियोस् । केवल मेहेनतले मात्र सफलता प्राप्त हुन्छ भन्ने उनको सोँचाई थियो । बढुवाका लागि निकै मेहेनत गर्नु पर्दथ्यो । तर सन् २०१९ मा उनको वैवाहिक सम्बन्ध टुट्यो ।

सन् २०२० को मार्चमा औपचारिक रुपमा डिभोर्स भएपछि वकिल तथा अन्य कानूनी शुल्कका कारण उनको ऋण बढेको थियो । त्यहीँबेला कोरोना महामारी आयो । जहाँ संकट त्यहाँ उपाय भनेजस्तै उनले सबैकुरा परिवर्तन गरिन् । त्यसपछि सबै कुरा ठीक हुँदै गयो र उनले पैसा कमाउन थालिन् मनग्गे ।

आफू अल्छी भएरै करोडपछि भएकी पाविनीले मानिसहरुलाई धनी बन्ने चारवटा टिप्स दिएकी छिन्, जुन यस्ता छन् :

  • इदि तपाइँलाई हरेक दिन खाना पकाउन मन पर्दैन भने सप्ताहन्तको एक दिन निकाल्नुहोस् र हप्ताभरको खानाको बन्दोबस्त गर्नुहोस् ।
  • ऋाफ्ना सबै बिलहरु तुरुन्तै भुक्तान गर्नुहोस् र बिल तिर्नका लागि भाका नपन्छाउनुहोस्
  • जिमको सदस्यतामा पैसा खर्च गर्ने चिन्ता नगर्नुहोस् । केवल खानाका लागि केही पाइला हिड्नुहोस्
  • नेटवर्किंग इभेन्टहरुमा जानबाट बँच्नुहोस् । यदि तपाईलाई मानिसहरुसँग चिनाजानी बढाउनुपर्ने छ भने तपाइँ त्यस्ता कार्यक्रममा जान सक्नुहुन्छ ।

आफूले कडा मेहेनत गर्नुको साटो स्मार्ट काम गर्ने निर्णय गरेको उनी बताउँछिन् । कार्यालयमा आफ्नो बढुवा गरिदिन सक्ने अधिकार वा सरोकार भएका मानिसहरुसँग मात्रै उनले चासो राख्छिन् ।

उनले केवल सफल मानिसहरुलाई मात्र साथी बनाइन् । नेटवर्किंग कार्यक्रममा जान बन्द गरिन् । उनले एउटै जागिरमा ओभरटाइम गर्नुको साटो बँचेको समयमा कुनै दोश्रो काममा लगाउने फैसला गरिन् ।

आफ्नो पैसा शेयरमा लगानी गरिन् जसबाट उनले वर्षमा १ लाख २६ हजार डलर कमाउँछिन् । उनले यसरी कमाएको रकमबाट सबै ऋण तिरेर घर तथा गाडी मात्र किनेकी छैनिन् सपरिवार आफ्नो मातृभूमि बैंकक समेत घुमेकी छिन् ।

सन् २०२४ मा अन्य देशहरुमा समेत घुम्ने उनको योजना छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?