+
+

नेपालको लगानी वातावरणबारे आजियाटालाई बोलाएर सोध्नुपर्छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १५:२७

२० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी वातावरणबारे मलेसियाली कम्पनी आजियटाले सार्वजनिक गरेको धारणाबारे अर्थ समितिले छलफल गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले अर्थ समितिमा आएर आजियटा ग्रुपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने धारणा राखेका हुन् ।

वाग्लेका अनुसार आजियटाका ग्रुप चिफ एक्जिक्युटिभ अफिसर विवेक सुदले नोभेम्बर २९,२०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा लगानी चुनौतीपूर्ण रहेको भन्दै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता परेको उल्लेख गरेका छन् ।

सुदले आजियटाका शेयर धनीहरुको हितमा यो कदम आवश्यक भएको भन्ने अभिव्यक्ति पनि दिएको भन्दै यसले नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने बताएको भन्दै वाग्लेले यस भनाइमा समितिले छलफल गर्नुपर्ने बताएका हुन् ।

‘त्यही कारण उहाँलाई यही समितिमा उपलब्ध गराउनुपर्छ । देशलाई प्रगतिको बाटोमा लाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनुपर्ने दस्तावेजहरुले बोल्छ, निर्यात प्रवद्र्धन र प्रविधि हस्तानतरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउने हो भने ठूलो महत्व रहेको छ । २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने भनेको छ । तर यस (आजियटाको भनाइ)ले लगानीको विश्वसनीयतालाई प्रश्न गरेको छ’, उनले भने ।

नेता वाग्लेले एनसेलको शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने सन्देश दिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?