+
+

विराटनगरकाे आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते ११:१०

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–७  सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।

बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे ।

प्रहरीका अनुसार आगलागीमा परी शुशिला पासवानकाे घटनास्थलमै मृत्युु भएको थियाे । ४० वर्षीय  दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियाे ।  विराटनगर ६ का मण्डल कवाडी गाेदामका सञ्चालक  पनि हुन् । थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये बुधबार राति सुनिता कामतकाे मृत्यु भएको माेरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै  सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको  थियाे ।

विराटनगरकाे मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी सुरु भएको थियो । गाेदाम भित्र काम गरिरहेकाे अवस्थामा चुराेट सल्काएपछि एक्कासी आगाे लागेकाे थियाे । गेट छेउमा लागेकाे आगाेका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण कवाडी पसल पूर्णरुपमा जलेकाे छ । क्षतिकाे विवरण आइनसकेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?