+
+

मुसिकोट नगरपालिका आफ्नै भवनमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १३:२६

२१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको आफ्नै भवन निर्माण भएको छ । गुल्मी जिल्लामा पनि १२ स्थानीय तहमध्ये अझै पनि स्थानीय सरकार आफ्नै प्रशासनिक भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

मुसिकोट नगरपालिकाको वडानम्बर ७ वामीटक्सारमा नवनिर्मित प्रशासनिक भवनको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटना गर्दै ओलीले छिटो छरितो ढंगले सेवा प्रधान गर्न आग्रह गरे । भनवलाई डिजिटलाइज गरेर सेवाप्रवाहलाई सहज रुपले प्रधान गर्न जोड दिए ।

भवन उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र जग्गा दाता शोभाखर सापकोटा, लोकबहादुर पन्थी, हरिलाल सापकोटा, सीता सापकोटा, टीकाराम सापकोटा, नरबहादुर काफेलेलाई सम्मान समेत गरिएको थियो ।  २२ रोपनी क्षेत्रफलमा तयार भएको भवनको ११ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका थिए ।

बाँकी जग्गा नगरपालिकाले खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवरले बताए । आधुनिक शैलीमा निर्माण गरिएको ४ तले भवनमा सभाहल सहित लिफ्ट सिस्टम समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?