+
+

भोलिदेखि सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १७:२५

२१ मंसिर, धनगढी । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शुक्रबार (भोलि) देखि हुने भएको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुँवरले प्रधानमन्त्री दाहालले महोत्सवको दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए।

उनका अनुसा। प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ  काठमाडौँ फर्किनेछन् ।

व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए ।

महोत्सवको प्रत्यक्ष रुपमा कम्तीमा पनि पाँच लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । संघले झण्डै दुई करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको हो ।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहनेन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ । महोत्व स्थलभित्र छट्टै थारु गाउँ समेत बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?