+
+

कछुवा, मुसा र किरा लिएर अन्तरीक्ष गयो इरानको सलमान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:४७

काठमाडौं । इरानले बुधबार अर्थात् डिसेम्बर ६ का दिन एउटा रकेटमा केही जीवहरुलाई राखेर अन्तरीक्षमा पठाएको छ ।

इरानी सञ्चारमन्त्री इसा जारेपोरले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार इरानले भविष्यमा अन्तरीक्षमा मानिस पठाउने तयारी गरिरहेको छ । सोही तयारी स्वरुप उसले जनावरलाई राखनेर अन्तरीक्षयान प्रक्षेपाण गरेको हो ।

इरानले अन्तरीक्षमा पठाएको सो रकेटको नाम ‘सलमान’ हो । सलमान पृथ्वीबाट १३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ ।

इसाका अनुसार रकेटको माथि ५ सय केजीको क्याप्सुल थियो । रकेट र क्याप्सुल दुबै इरानमै बनेका हुन् । सोही क्याप्सुलमा ती जनावरहरुलाई राखेर अन्तरीक्षमा पठाइएको हो ।

यता पश्चिमी देशहरुलाई इरानले भने यही रकेटको मद्दतबाट परमाणु ब्यालेस्टिक मिसाइन पनि बनाउन सक्ने डर छ । प्रायः इरानले सफलतापूर्वक स्याटेलाइट वा अन्तरीक्षयान प्रक्षेपण गरेको दाबी गर्ने गरेको छ । सेप्टेम्बरमा मात्रै इरानले तथ्यांक संकलन गर्न स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको थियो ।

सन् २०२० को अप्रिलमा इरानले सैन्य स्याटेलाइट प्रक्षेपण गरेको थियो, जसको पश्चिमा जगतमा निकै आलोचना भएको थियो । तर इरानले भने आफूले कुनै परमाणु हतियार बनाउन नलागेको बताउँदै आएको छ । स्याटेलाइट तथा रकेटको प्रक्षेपण आफ्ना नागरिक तथा रक्षा क्षेत्रको भलाइका लागि रहेको उसको दाबी छ ।

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगै विभिन्न शक्ति मुलुकहरुसँग गरेको सम्झौता अनुसार उसले परमाणु प्रविधिको प्रयोग केवल आम मानिसको भलाइका लागि मात्र गर्न सक्दछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?