+
+

तराई मधेशमा हुस्सु कुहिरो, पहाडी भागमा बदली

काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते ८:०३

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ ।

अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।

अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडान/अवतरण प्रभावित भएको छैन ।

मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक बदली छ । पूर्वी तराई, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुस्सु पनि लागिरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘आज वर्षाको सम्भावना भने छैन । अहिले कुनै पनि ठाउँमा वर्षा भएको जानकारी पनि छैन ।’

काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस

आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

आज बिहान पौने आठ बजेको काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?