+
+

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा, उड्नुअघि काठमाडौंमा ‘प्रेगनेन्सी फोटोसुट’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १९:५३

काठमाडौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।

शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् ।

अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले बताएकी थिइन् । रेखाका श्रीमानको परिवार त्यहाँ बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका थिए जुन तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ ।

रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् । यसको अर्थ रेखा आगामी फिल्म ‘उपहार’को रिलिजको समयमा अमेरिकामै हुनेछिन् । भर्चुअल माध्यमबाटै फिल्मको प्रचार गर्ने उनको तयारी छ ।

बेबी प्लानबाहेक रेखा दम्पतिले अमेरिका भ्रमणलाई बिदा मनाउने अवसरको रुपमा समेत लिएको छ । ‘बिहेपछि कहिले चुनाव र कहिले फिल्मको कामले गर्दा बिदा मनाउन जान पाएका थिएनौं, त्यो मौका पनि हो’ रेखाले भनेकी थिइन् ।

अमेरिकाबाट फर्किएपछि रेखाले सविर श्रेष्ठ र ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने आगामी फिल्ममा काम गर्ने बुझिएको छ । साथै, उनी एक टेलिभिजन रियालिटी शोमा जोडिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?