+
+

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ११:५८

२४ मंसिर, काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।

जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा राखिएको छ ।

गत २३ कार्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाईका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाई गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?