+
+

‘भ्वाइस अफ नेपाल’मा लाइभ राउण्डलाई छानिए १२ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १५:०५

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदैछ । शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् ।

एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् । नकआउट राउण्ड निकै रोचक रह्यो र लाइभ राउण्ड अझै मनोरञ्जक बन्ने निश्चित छ ।

टीम प्रमोद खरेलबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोर्गेन लिम्बु लाइभ राउण्डमा प्रवेश गरेका छन् । टीम राजेशपायल राईबाट मोनिका राई, हेन्जन मकर बहादुर र आश्विन राई प्रवेश गरे ।

टीम मिलन नेवारबाट फेथम ब्याण्ड, बिनोद राई र तृजा प्रधान लाइभ राउण्डमा प्रवेश गरेका छन् । टीम उदय सोताङबाट कुमार प्रयास, रोजिना बस्नेत र विवेक बस्नेत पनि आगामी चरणमा प्रवेश गरेका छन् ।

लाइभ राउण्डका लागि आफूलाई मनपर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट गर्न सक्नेछन् । भोटिङ पनि खुला भएको जनाइएको छ । यो चरणबाट जजको अधिकार दर्शकको हातमा पुगेको छ । दर्शकको भोटबाट विजेता चयन हुनेछन् ।

‘भ्वाइस अफ नेपाल’ हिमालय टिभी एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?