+
+
Shares
टेलिभिजन :

‘भ्वाइसको छैटौं सिजनले पायो उत्कृष्ट १० प्रतिस्पर्धी

भ्वाइसको नकआउट राउण्ड निकै रोचक बनिरहेको छ । यो राउण्डबाट धेरै मत ल्याउने ट्यालेन्ट सुरक्षित छन् भने कम मत ल्याउने बाहिरिएका छन् । जसले गर्दा पनि नतिजा दर्शक र कोच दुवैको लागि रोचक बनिरहेको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते २२:५६
शनिबार प्रसारित एपिसोडको एक दृश्य ।

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ ले उत्कृष्ट दशजना ट्यालेन्ट प्राप्त गरेको छ । शनिबार राती प्रसारित एपिसोडमा अन्तिम १० को समीकरण तयार भयो ।

कोच राजु लामाको टिमबाट प्रशान्त गुरुङ र कोच खेम सेन्चुरीको टिमबाट पविन्द्र सुनार बाहिरिए ।

अन्तिम १० मा कोच राजुको टिमबाट विराट तामाङ र प्रेमश राई छन् । कोच मेलिनाको टिमबाट विकास थारु, रोशन राई र सार्थक लामा छन् । कोच खेमको टिमबाट इन्द्रकला राई र प्रोसेस पाण्डे छन् ।

कोच उदयका ३ ट्यालेन्ट अन्तिम १० मा अटाउन सके, जसमा अर्पणा आचार्य, दावा लामा र सुजन खड्का छन् । जारी नकआउट राउण्डमा यो शुक्रबार र शनिबार दुईजना बाहिरिए ।

भ्वाइसको नकआउट राउण्ड निकै रोचक बनिरहेको छ । यो राउण्डबाट धेरै मत ल्याउने ट्यालेन्ट सुरक्षित छन् भने कम मत ल्याउने बाहिरिएका छन् । जसले गर्दा पनि नतिजा दर्शक र कोच दुवैको लागि रोचक बनिरहेको देखिएको छ ।

भ्वाइस अफ नेपाल हिमालय टिमीबाट प्रत्येक साताको शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?