News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा यस सप्ताहन्तदेखि ब्याटल राउण्ड सुरु भएको छ।
- कोच मेलिना राईले आफ्नो विशेषाधिकार प्रयोग गर्दै सञ्जिता दूरालाई टिममा फिर्ता ल्याएकी छिन्।
- ब्याटल राउण्डमा ६४ जना ट्यालेन्टबाट १६ जना एक कोचको समूहमा छनोट भएका छन्।
काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा यस सप्ताहन्तदेखि ‘ब्याटल राउण्ड’ सुरु भएको छ । शुक्रबार र शनिबार प्रसारित ब्याटल राउण्डका प्रतिस्पर्धा निकै रोचक रहे ।
यो प्रतिस्पर्धामा थ्रीलर, सस्पेन्स र ट्विस्ट पनि देखिए । सिंगो सिजनभरि आफ्ना प्रतिस्पर्धीलाई जोगाउन पाउने कोचको एकमात्र विशेष अधिकार पनि ब्याटल राउण्डमा देखियो ।
कोच खेम सेन्चुरीबाट समुन्द्र खत्री र दिनेश परियार ‘नकआउट राउण्ड’मा प्रवेश गरे । कोच प्रमोद खरेलबाट स्टिल गरेर भविका पुनलाई कोच खेमले आफ्नो टिममा भित्राए ।
कोच राजु लामाबाट बालमुकुन्द अवाल र प्रशान्त शेर्पा ‘नकआउट राउण्ड’मा प्रवेश गरे । कोच मेलिना राईबाट अञ्जना मगर र रविना नेपाली नकआउटमा प्रवेश गरे ।
मेलिनाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै सञ्जिता दूरालाई टीमा फिर्ता ल्याइन् । ‘उहाँ हत्तपत्त नपाइने अर्गानिक ट्यालेन्टको भएकाले उहाँलाई सेभ गर्न चाहेँ । यो मेरो सरप्राइज थियो है नानीको लागि । दुवैजना अब्बल हुनुहुन्थ्यो, दुवैजनालाई राख्न चाहेँ’ मेलिनाले भनिन् ।
त्यसपछि सञ्जिताले भनिन्, ‘भ्वाइसको यो सिजनमा मेलिना म्यामलाई जिताउन चाहन्छु ।’
टिम प्रमोद खरेलबाट विक्रम कार्की र अम्बिका पुन नकआउट राउण्डमा प्रवेश गरे । कोच प्रमोदकी ट्यालेन्ट रञ्जिता विश्वकर्मा मञ्चबाट बाहिरिँदै गर्दा ३ कोचले स्टिल र एकले सेभ गरे ।
घर फर्किन चाहेको भन्दै उनी टिम प्रमोदतिरै फर्किइन् । टिम राजु लामाका आयुष दर्नाल पनि सेभ र स्टिलको चुनौती छिचोल्दै घर फर्किए ।
एकजना कोचको समूहमा १६ जनासहित चारजना कोचको समूहमा ‘ब्लाइन्ड अडिसन’ बाट ६४ जना ट्यालेन्ट छनोट भएका थिए । ती ट्यालेन्टबीच ‘ब्याटल राउण्ड’ मा प्रतिस्पर्धा भैरहेको हो ।
प्रतिक्रिया 4