+
+
Shares

‘भ्वाइस’ सातौं सिजनको पहिलो एपिसोडलाई युट्युबमा लोभलाग्दो भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनको पहिलो एपिसोडले १५ घण्टामा युट्युबमा १० लाख भ्यूज पाएको छ।
  • नेपाल आयोजकले सामाजिक सञ्जालमार्फत पहिलो एपिसोडले १ मिलियन भ्यूज पाएको उल्लेख गरेका छन्।
  • सातौं सिजनमा प्रमोद खरेल, राजु लामा, मेलिना राई र खेम सेन्चुरी कोच रहेका छन् र हिमालय टिभी एचडीमा शुक्रबार र शनिबार प्रसारण हुन्छ।

काठमाडौं । शुक्रबारदेखि सुरु भएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ लाई पहिलो एपिसोडमै दर्शकको साथ मिलेको छ ।

पहिलो एपिसोड युट्युबमा सार्वजनिक भएको १५ घण्टाभित्रै १० लाख पटक हेरिएको छ । ‘भ्वाइस’ का नेपाल आयोजकले सामाजिक सञ्जालमार्फत कीर्तिमानी भ्यूज संख्या प्राप्त भएको उल्लेख गरेका छन् ।

‘भ्वाइस’ ले फेसबुकमा लेखेको छ, ‘ पहिलो एपिसोडले १५ घण्टामा १ मिलियन भ्यूज पायो !! के तपाईं हेर्दै हुनुहुन्छ ? अहिलेसम्म तपाईंको मनपर्ने प्रशिक्षक को हो ? आफ्नो विचार लेख्नूस ।’

पछिल्लो समय रियालिटी शोले युट्युबमा न्यून संख्यामा भ्यूज पाउन थालेको गुनासोबीच ‘भ्वाइस अफ नेपाल’को सातौं सिजनको पहिलो एपिसोडको भ्यूज आफैमा लोभलाग्दो अवश्य हो ।

चर्चित भनिएका शोले पछिल्लो समय युट्युबमा केही दिन बितिसक्दा पनि २–३ लाख भ्यूज पाएको देखिन्छ । फिनाले र अन्य महत्वपूर्ण एपिसोडलाई छाड्ने हो भने ओपनिङमै यत्तिको भ्यूज पाउनु अवश्य पनि सुखद हो ।

कमेन्ट हेर्दा, अधिकांशले कोचद्वय प्रमोद खरेल र राजु लामाको पुनरागमनलाई रुचाएको देखिन्छ । यी दुई कोच फर्किंदा भ्यूज संख्यामा पनि उछाल आएको दर्शकको टिप्पणी छ ।

सातौैं सिजनमा प्रमोद र राजुसहित मेलिना राई र खेम सेन्चुरी कोचको रुपमा छन् । यी चारैजना कोचबीच यो सिजनमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । जसको छनक पहिलो एपिसोडमै देखिएको छ ।

‘भ्वाइस अफ नेपाल’को सातौं सिजन रहेक शुक्रबार र शनिबार हिमालय टिभी एचडीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?