News Summary
Generated by OK AI. Editorially reviewed.- ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा ४ जना फाइनलिस्ट छनोट भएका छन्, जसमा ३ जना महिला छन्।
- टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा पुगेका छन्।
- आगामी शनिबार हुने फिनालेमा कुनै एक फाइनलिस्टले उपाधि जित्नेछन् र महिलाले जिते इतिहास रचिनेछ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । रोचक के छ भने, ३ जना फाइनलिस्ट महिला छन् ।
भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् । शुक्रबार र शनिबार प्रसारित एपिसोडबाट भ्वाइसले ती फाइनलिस्ट प्राप्त गरेको हो ।
टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा प्रवेश गरेका छन् ।
आगामी शनिबार प्रसारण हुने फिनालेमा यी मध्ये कुनै एकले उपाधि जित्नेछन् । यदि महिलाले जितेको खण्डमा भ्वाइस जित्ने पहिलो महिलाको रुपमा इतिहास रचिनेछ ।
‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टिभी र ८ः३० बजेदेखि युट्युबमा स्ट्रिमिङ हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4