 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन शुक्रबारदेखि हिमालय टिभीमा प्रसारण सुरु हुँदैछ।
- यस सिजनमा नयाँ नियम ‘सुपर-ब्लक’ लागू गरिएको छ जसले कोचलाई प्रतिस्पर्धी छनोटमा कुर्सी उल्टो घुमाउन अनुमति दिन्छ।
- पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् र उनले यो अनियन्त्रित भएको प्रष्ट पारेका छन्।
काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन नयाँ नियम र नयाँ प्रतिस्पर्धीको कारण दर्शकमाझ प्रतीक्षित बन्ने गर्छ ।
यस सिजनमा शो निर्माताले एक नयाँ नियम लागू गर्दैछन् । त्यो हो- ‘सुपर-ब्लक’ । केही सिजनयता भ्वाइसमा हामीले ‘ब्लक’को नियम हेर्दै आएको हो । ब्लकजस्तै देखिने तर केही भिन्न ‘सुपर-ब्लक’ के हो ?
ब्लक’ नियम अन्तर्गत कुनै कोचले आफ्नो प्रतिस्पर्धी कोचलाई विशेषाधिकार प्रयोग गरी कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्न सक्थे । तर नयाँ सिजनमा यो नियमलाई थप परिमार्जन गर्दै ‘सुपर-ब्लक’ नाम दिइएको छ ।
‘सुपर-ब्लक’ लागू भएपछि, अब कुनै कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर अर्को कोचलाई कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्ने मात्र हैन, कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्ने छन् ।
पहिलो एपिसोडमै यो नयाँ नियम लागू भएको देखियो । दर्शकले सातौं सिजनको पहिलो एपिसोडमा यो दृश्य हेर्न पाउनेछन् ।
पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् । तर, यो सुपर-ब्लक नियोजित नभएर झुक्किएर भएको र आफ्नो विशेषाधिकार खेर गएको प्रष्टीकरण राजुले दिएका छन् ।
बिहीबार आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोह बाहिर पनि पत्रकारले कोच राजुलाई यही प्रश्न सोधेका थिए । जहाँ, उनले बटनको सेन्सर जडान गरिएकाले कुहिनाले छोइएर सुपर–ब्लक भएको बताएका थिए ।
यो ‘सुपर–ब्लक’ को नियम एक एपिसोडमा कुनै पनि कोचले एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘द भ्वाइस अफ नेपाल’ सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4