+
+

विश्वविद्यालयका विद्यार्थीबीच स्टिम सिकाइ सामग्री निर्माण प्रतिस्पर्धा गराइने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १८:४८

२४ मंसिर, काठमाडौं । सरकारले विश्वविद्यालयका विद्यार्थीमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिस्पर्धा गराउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० जारी गरी प्रतिस्पर्धा गराउन लागेको हो ।

कार्यविधि अनुसार कक्षा ५ देखि १० सम्म पढाइ हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा सिकाइ सामग्री निर्माणको प्रतिस्पर्धा गराइनेछ ।

प्रतिस्पर्धाको पहिलो चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहबाट निवेदन माग गरिने, प्राप्त निवेदनमध्येबाट दोस्रो चरणका लागि समूह छनौट गरिने र विद्यार्थी समूहलाई आफ्नो सोंच अनुसारको वस्तु निर्माण गर्न ४ महिनाको समय दिइने छ ।

दोस्रो चरणमा छनोट भएका समूहलाई सहयोग रकम प्रदान गरिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

यस्तै सहभागी हुन चाहने विद्यार्थीले १९ पुससम्म कार्यालय सममयभित्र आइपुग्ने गरी आफ्नो सिकाइ सामग्री इमेलमार्फत पठाउनुपर्नेछ । त्यसपछि विज्ञहरुको मूल्याङ्नको आधारमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार र सहयोग रकम दिइने कार्यविधिमा उल्लेख छ ।

इच्छुक विद्यार्थीलाई मन्त्रालयले वेबसाइटमा प्रकाशित गरेको सूचनामा भएको इमेल ठेगानामा निवेदन पठाउन सक्नेछन् ।

कार्यविधिमा प्रतिस्पर्धामा सहभागी हुन केही शर्त तोकिएको छ । हरेक समूहमा एक मेन्टर हुनुपर्ने, एक समूहमा मेन्टरबाहेक न्यूनतम एकजनादेखि बढीमा तीन जना हुनुपर्ने, तीन जनाको समूह बनाउँदा एक छात्रा हुनुपर्ने, निवेदन सम्बन्धित क्याम्पस प्रमुखबाट प्रमाणित गराउनुपर्नेलगायत ९ वटा शर्त तोकिएको छ ।

परेको निवेदनबाट छनौट गर्न मन्त्रालयका विज्ञान तथा प्रविधि महाशाखा सहसचिवको संयोकत्वमा ९ सदस्यीय छनौट समिति हुनेछ । मन्त्रालयको विज्ञान प्रविधि महाशाखा सम्पर्क एकाइले कार्यक्रम सञ्चालन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?