+
+

राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न जसपाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ७:३०

२५ मंसिर, काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने छ ।

अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ । जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ । यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन् ।

पहिचानका राष्ट्रिय समितिहरु मध्येका लिम्बुवान, किरात, तमुवान, मधेश, नेवाः र ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?