
२५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि नतिजा प्रकाशन गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले सनिबार लिखित तथा प्रयोगात्मक परीक्षा र आइतबार भएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरेको जनाएको छ ।
स्रोत शिक्षक छनौट समितिले नियुक्तिका लागि सिफारिस समेत गरिसकेको छ ।
११ स्रोत शिक्षक पदका लागि प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो ।
गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २/२ पदका लागि गरिएको विज्ञापनमा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक विषयमा ८ जनाले आवेदन परेको थियो ।
सिफारिसमा परेकाहरुको नामावली हेर्नुहोस्:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4