+
+

फिल्म निर्माणमा दीपकराज गिरीका दशवर्ष, भन्छन्- अब ‘दृश्य शैली’मा परिवर्तन ल्याउँछौ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ११:४८

काठमाडौं । फिल्म निर्माताको रुपमा दीपकराज गिरीको करिअरले सोमबार दशक टेकेको छ । दशवर्षअघि आजकै दिन उनले डेब्यु भेन्चर ‘६ एकान ६’ निर्माणको घोषणा गरे । यो विन्दूदेखि अहिलेसम्म उनले निर्माण गरेका आठ फिल्मले एक अर्बको ब्यापार गरेका छन् ।

उनको कम्पनी आमा सरस्वती मूभिजसँग आउने वर्ष दुई फिल्मको ‘लाइनअप’ छ । ‘जाली रुमाल’लाई उनको डेब्यु अभिनय फिल्म मान्ने हो भने दीपकको करिअर ग्राफ ‘छक्कापञ्जा’सम्म आइपुग्दा आकाशिएको देखिन्छ । यो गतिमा उनी अभिनेता, निर्माता, फिल्म लेखक हुँदै हल संचालकसम्मको भूमिकामा छन् ।

आफ्नो कम्पनीले दशवर्ष टेकेको अवसरमा सोमबार उनले अनलाइनखबरसँग आगामी दशकको योजना सुनाए । उनले आउने दशकका लागि फिल्मको प्रस्तुतिकरण, लुक र कलाकार पनि नयाँ पेश हुने बताए ।

उनले भने, ‘फिल्मको स्टाइल र प्रस्तुतिकरणमा केही परिमार्जन गर्नुपर्छ भनेर लागेका छौं । एक दशक हाम्रो एउटा टाइपको फिल्म हेरे दर्शकले । अबको यात्रा आउँदो दशकको यात्रा हो । अबको दशकको यात्रा फरक गरौं भन्ने यात्रामा लाग्या छौं ।’ उनले अब नयाँ कलाकार पनि समेटिने बताए ।

परिवर्तनको जरुरी किन ? दीपकको जवाफ छ- समय सँगै कामलाई चेन्ज गरिराख्या छौं । कुनै पनि चीजलाई एउटै संरचनामा हेर्दा मजा आउादैन । विश्व सिनेमा पनि चेन्ज भैराख्या छ । हाम्रो पनि दश वर्षदेखि एउटै भएको होला । अब आउने यात्रा भिन्न होस् भन्ने चाहेको हो ।’

दीपक यतिबेला आगामी फिल्म निर्माणको तयारीमा जुटेका छन् । अघिल्लो हिट फिल्म ‘वडा नम्बर ६’कै श्रृंखलाको रुपमा काम भैरहेको यो फिल्मको सुटिङ बैशाखदेखि गर्ने तयारी छ । २०८१ सालमा आमा सरस्वती मूभिजको ब्यानरमा दुई फिल्म ल्याउने उनको तयारी छ । यसबाहेक दीपकले ब्यानरबाहिरको एक फिल्म पनि खेल्दैछन् ।

फिल्मको कुरा गर्दा दीपकको कम्पनी आमा सरस्वती मूभिजले ‘छक्कापञ्जा’को चौंथो सिरिजसँग निर्माण गरेको छ । ६ एकान ६, वडा नम्बर ६, शत्रुगते, छ माया छपक्कै पनि निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?