+
+

आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १५:०२

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने हालको व्यवस्था पुनरावलोकन गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले यो व्यवस्था पुनरावलोकन गर्नका लागि विज्ञ सञ्चालक भोलानाथ ढुंगानाको नेतृत्वमा समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

समितिका अन्य सदस्यहरुमा श्रेष्ठसहित हालका सञ्चालक प्रवीनकुमार झा र डेपुटी कार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी छन् । समितिले हालको न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्थाको विस्तृत अध्ययन गरी यसमा पुनरावलोकन गर्ने नगर्ने विषयमा सुझाव दिनेछ ।

केही लगानीकर्ताले यो व्यवस्थालाई परिमार्जन गरी कम्तीमा ५० कित्ता बाँडफाँट गर्नुपर्ने माग गर्दै आएका छन् । बुक बिल्डिङ पद्धतिबाट हुने बाँडफाँटमा भने न्यूनतम ५० कित्ताकै लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता दिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?