+
+

संसदलाई सर्वोच्च विधायिकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १७:१५

२५ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायिकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सोमवार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद्लाई सर्वोच्च विधायिकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायिकी संस्था हो संसद् । मेरो चासो के हो भने यो सर्वोच्च विधायिकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको सुरुवात हो ।’

उनले संसद् सर्वोच्च विधायिकी संस्था भएको उल्लेख गर्दै विधायिकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए ।  उनले संसद्लाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले संसद्लाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे ।

उनले भने, ‘विधायिकी संस्थालाई सर्वोच्च स्थानमा पुर्‍याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ । म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपील गर्दछु ।’

सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायत सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफूले भूमिका खेल्ने पनि बताए ।

‘संसदीय सेवालाई प्रभावकारी बनाउन अध्ययनको सुविधा, अवलोकन भ्रमण, अनुभव आदानप्रदानको कुरा । अझ बढी सुविधा दिने, सक्षम, योग्य र इमानदार बनाउने कुरामा मैले आफ्नो ठाउँबाट खेल्ने भूमिका म जहिल्यै खेल्न तयार छु’, उनले भने ।

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रुपले लैजान नसक्दा समस्या देखापर्ने गरेको बताए । उनले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मूल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताए । उनले संसद् सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा खट्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?