+
+

आईसीसी यू-१९ विश्वकप नयाँ फर्म्याटमा हुने, प्रतियोगिता एक साता पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ७:२७

२६ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो ।

यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा हुने भनिएको यू १९ विश्वकप दक्षिण अफ्रिका सारिएको थियो ।

श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि यू १९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारिएको हो । दक्षिण अफ्रिका सरेपछि प्रतियोगिताको मिति पनि सरेको छ ।

आईसीसीले सोमबार परिवर्तित खेल तालिका सार्वजनिक गर्दै यू १९ विश्वकप डिसेम्बर १९ देखि फेब्रुअरी ११ सम्म हुने जनाएको छ ।

नेपालले खेल्ने छ यू १९ विश्वकप

यस पटक नेपालले पनि यू १९ विश्वकप खेल्दैछ । नेपाल ८ वर्षपछि यू १९ विश्वकपमा छनोट भएको हो ।

समूह डी मा रहेको नेपालले पहिलो खेल न्युजिल्याण्डसँग नै खेल्नेछ । उक्त खेल बफ्यालो पार्क इस्ट लण्डनमा जनवरी २१ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ मा र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा हुनेछ ।

नेपालले विश्वकपअघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्मअप खेल पनि खेल्नेछ ।

नयाँ फर्म्याटमा हुने

यू १९ विश्वकप १६ टोलीले खेल्नेछन् । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

यस पटक यू १९ विश्वकप नयाँ फर्म्याटमा हुनेछ । आईसीसीले सार्वजनिक गरेको नयाँ फर्मयाटअनुसार चार समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

सुपर सिक्स चरणमा दुई समूह हुनेछ । दुवै समूहमा ६-६ टोली हुनेछन्।

समूह ‘ए’ का तीन टिम र समूह ‘डी’ का तीन टिम सुपर सिक्सको एउटा समूह अर्थात सुपर सिक्स एडी मा हुनेछ भने समूह ‘बी’ को शीर्ष तीन टिम र समूह ‘सी’ को शीर्ष तीन टिम सुपर सिक्सको अर्को समूह अर्थात सुपर सिक्स बी सीमा पर्नेछ ।

सुपर सिक्स पुग्ने टिमको समूह चरणमा प्राप्त जित र नेट रनरेट पनि गणना हुनेछ । तर सुपर सिक्समा पुगेको टिमसँगको अंक र रनरेट मात्र गणना हुनेछ ।

सुपर सिक्स चरणमा एक टिमले दुई खेल मात्र खेल्नेछ । उदाहरणका लागि समूह ‘ए’ मा शीर्ष भएको टिमले समूह ‘डी’ को दोस्रो र तेस्रो भएको टिमसँग सुपर सिक्समा खेल्नेछ ।

सुपर सिक्स चरणपछि दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

यस्तै समूह चरणमा अन्तिम स्थानमा रहने चार समूहको टिमले भने १३ औं देखि १६औं स्थानसम्मका लागि प्लेअफ खेल्नेछन् ।

समूह ‘ए’ को अन्तिम हुने टिम र समूह ‘डी’ को अन्तिम टिम तथा समूह ‘बी’ को अन्तिम हुने टिम र समूह ‘सी’ को अन्तिम हुने टिमबीच खेल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?