+
+

एनएसएलमा आज बुटवल लुम्बिनी र झापा भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ७:५७

२६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत बुटवल लुम्बिनी र झापा एफसीबीच आज खेल हुँदैछ ।

खराब सुरुवात गरेपनि पछिल्लो समय लयमा रहेको बुटवल ५ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ ।

उता यस सिजन जितविहीन दुई टिम मध्येको एक झापा एफसी भने ३ अंक लिएर आठौं स्थानमा छ । शीर्ष चारमा रहँदै प्लेअफ पुग्नका लागि दुवैलाई आजको खेल महत्वपूर्ण छ ।

बुटवलले ५ खेल खेल्दा २ मा जित १ बराबरी र २ हारको नतिजा निकालेको छ । ४ खेल खेलेको झापाले भने पहिलो खेलमा हारेको थियो भने त्यसपछि लगातार तीन बराबरी खेलेको थियो ।

आजको खेलमा झापालाई पराजित गर्न सके बुटवल लुम्बिनी यस सिजन दोहोरो अंक जोड्ने पहिलो टिम बन्दै शीर्ष स्थानमा पुग्नेछ ।

अन्य नतिजामा भने बुटवललाई पनि प्लेअफ पुग्न कठिन हुन सक्छ । किनभने आजको खेलपछि बुटवलको दुई खेल मात्र बाँकी रहन्छ ।

उता झापाको लागि भने आजको खेल गर या मर जस्तै अवस्थामा छ । आज बुटवललाई पराजित गरेमा झापा छैटौं स्थानमा पुग्नेछ । जितले झापाको प्लेअफ सम्भावना कायम राख्नेछ ।

तर पराजित भएमा भने झापाको प्लेअफ समीकरण निकै कठिन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?